प्रधानमन्त्री ओलीको राप्रपालक्षित अभिव्यक्तिः ‘चिहानबाट नलिखुट्टाको हाड निकालेर फेरी लगाउँदै हिँडेका छन्’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०८१, बुधबार
1 Min Read
Aa
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय युवा सङ्घ नेपालद्वारा काठमाडौँमा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले चिहानबाट नलिखुट्टाको हड्डी निकालेर फेरी लगाउँदै हिँडिरहेको टिप्पणी गरेको छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पक्षमा गरिरहेको गतिविधितर्फ कटाक्ष गर्दैै प्रधानमन्त्री अ‍ोलीले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘कोही चिहानबाट नलिखुट्टाको हाड निकालेर फेरी लगाउँदै हिड्नुभएको छ,’– प्रधानमन्त्री ओलीले भने ।

साथै, पार्टीले केही गरेनन् भन्ने भाष्य सिर्जना गर्ने, ७० वर्षको नेतालाई उमेरकै कारण असक्षम भएको दाबी गर्ने पार्टीहरुले गरेनन् भन्ने लगायतका गतिविधिहरु गरिरहेका राजावादीहरुले ८८ वर्षको नवराज सुवेदीलाई खोजेको टिप्पणी गरे । ‘७० वर्षको बुढो भयो रे नेता । ८८ वर्षको खोज्न जान्छन् । सबैभन्दा थोत्रो प्रणाली, सामान्तवादी प्रणाली पुनर्स्थापित गर्छौं भन्छन् । यो विश्वमा राजतन्त्र नयाँ हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।

- Advertisement -
Ad image

कोही मानिसहरुले आफ्ना अनेक असफलताका पीडा र कुण्ठाहरु बोकेर ती कुण्ठाहरुलाई फ्याँक्ने, छर्ने थलोको रुपमा संसद्लाई प्रयोग गरिरहेको पनि उनले बताए । तयस्ता प्रकारका क्रियाकलाप नगर्न प्रधानमन्त्री ओलीले सुझाव दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्