आज मिति वि.सं २०८१ चैत्र १३ गते बुधबार ई.सं २०२५ मार्च २६ नेपाल सम्बत ११४५ चिल्लागा द्वादशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण द्वादशी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, सिद्ध योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर १ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ०६ बजोर १७ मिनेटमा हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आँटेको काम बन्ने, शत्रु परास्त हुने र मनोरन्जनका साथ दिन बित्ने देखिन्छ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहला । कठिन काम पनि मित्रजनको सहयोगले बन्ने योग छ । कृषिजन्य व्यापारिक कार्यमा विशेष सफलता मिल्नेछ भने अध्ययन-अध्यापन तथा सिर्जनात्मक कार्यमा प्रगति होला । टाढाको यात्रा सम्भावित छ । अनुकूलता वृद्धि हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिनको आरम्भमा कामको चापले मनमा द्विविधा बढ्न सक्छ, तथापि पछि कामले गति लिँदैजानेछ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रशन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बढ्नेछ भने दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति होला । व्यापार-व्यवसायमा पनि फाइदाको योग छ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । सामाजिक एवम् परोपकार का कार्यमा मन जाला । जोखिममा नपर्नु हितकर होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन शारीरिक दुर्बलताको अनुभूति भएपनि व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि राम्रै धन कमाउने अवसर जुट्नेछ । आफन्तजनबाट सहयोग प्राप्त होला । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ भने बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कार्य थालनीको अवसर मिल्न सक्छ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । आम्दानी पनि राम्रै होला । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । प्रेमभाव बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक सद्भावले कार्यमा सफलता मिल्ने समय छ । नयाँ नोकरी मिल्ने तथा पुरानो काममा पदोन्नतिको सम्भावना देखिन्छ । विदेशमा गरेको लगानीबाट लाभ मिल्ने योग छ । अध्ययन-अध्यापन कार्य फलदायी रहनेछ । प्रेमभाव वृद्धि होला, तर प्रियजनसँग विछोड हुन सक्छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): बोलीको प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । ब्यस्तता बढेपनि आजको दिन आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानपक्षबाट सहयोग मिल्नेछ । यात्रामा मन रमाउला । दाम्पत्यजीवन सुखमय रहनेछ, घरघडेरीको व्यापार-व्यवसायमा लाभ मिल्ला । धनलाभको योग छ । विशेषगरीकृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार-व्यवसायमा उन्नति हुनुका साथै रोकिएका काम बन्ने समय छ । कुनै पनि कार्यमा जश मिल्ने योग छ । स्वास्थ्य सबल रहला । पराक्रम बढ्नेछ । लेखन तथा रचनात्मक कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन्, जसले हौसला बढाउला । सहयोगी तथा सेवक वर्गबाट विशेष सहयोग मिल्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । विश्वासपात्रबाट धोका पाइने सम्भावना छ, सजग रहनुहोला । आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ । रचनात्मक तथा शैक्षिक क्षेत्रमा प्रगति होला । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ । प्रतिनिधिमूलक यात्राको अवसर जुर्नसक्छ । प्रतिष्पर्धी परास्त हुनेछन् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काममा कठिनाइ देखिए पनि अन्ततः खुशी मिल्ने दिन छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ, सफलता पनि मिल्नेछ । घर-जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने अवसर जुर्नसक्छ । दीर्घकालीन नबनेका काम बन्ने योग छ । आयआर्जन र विद्यामा वृद्धि हुने देखिन्छ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसंगी भेटघाट गर्ने अवसर जुट्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुखले उत्साह बढाउला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विभिन्न भौतिक साधन जुट्नुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिने समय छ । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै ब्यापार पनि फस्टाउला । पारिवारिक सम्बन्ध सुमधुर रहला । अध्ययन-अध्यापनको पक्षमा पनि प्रगति हुने देखिन्छ । मान-समान पद-प्रतिष्ठा मिल्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका जुर्ला । दैनन्दिन कार्यमा भने ढिलासुस्ती वा उल्झन बेहोर्नुपर्ने योग छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार-व्यवसाय सामान्य रहनेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनुहोला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ने योग छ । तथापि, आजको दिन लगानीको उचित प्रतिफल मिल्नेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्