आज मिति वि.सं २०८१ चैत्र ०४ गते सोमबार ई.सं २०२५ मार्च १७ नेपाल सम्बत ११४५ चिल्लागा तृतीय-१७, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष चतुर्थी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, ध्रुव योग, वाणिज करण । आज नेपालमा सुर्योदय ०६:१३ बजे भयो भने सूर्यास्त साँझ ०६:१३ बजे नै हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभदायी समय छ । अनुकूलता वृद्धि भइ नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ भने गरेका कामको कदर भइ प्रतिष्ठा बढ्नेछ । अध्ययन तथा अध्यापनमा प्रगति होला । व्यवसायिक उन्नति तथा धनलाभको योग छ । सामाजिक कार्यले वर्चश्व वृद्धि गराउला । प्रेमभाव बढ्नेछ । आमोदप्रमोदको अवस्था रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सकारात्मक पराणामदायी कार्यमा व्यस्तता बढ्ने समय छ । नयाँ कार्य तथा जिम्मेवारी हात पार्ने अवसर जुर्ला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । कार्य सफलता र मित्रजनको साथले आत्मविश्वास जाग्नेछ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । वैदेशिक क्षेत्रको लगानी खेर नजाने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान भइ उत्साह बढ्ने देखिन्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता मिल्ने समय छ । ब्यापार-व्यवसाय लाभदायी रहला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा ज्यादा परिणामदायी हुनेछ । स्वास्थ्य सबल रहला । मित्रजनको सहयोगले रोकिएका काम अघि बढ्ने योग छ । यात्रागत कार्य सार्थक रहनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन मिश्रित फलदायी रहला । विगतमा गरेको गल्ती/कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । घरायसी सम्पत्तिको चिन्ताले सताउने योग छ । स्वास्थ्यगत समस्याले सामान्य रूपमा सताउन सक्छ, तर नियमित कार्य सुचारु रहला । प्रतिकुलताका बाबजुद सहयोगीहरूमार्फत महत्वपूर्ण योजना अघि बढ्न सक्छ । रसरागको भाव वृद्धि हुनेछ । पराक्रम वृद्धि तथा शत्रुपक्ष परास्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक क्रियाकलापमा संलग्नता बढ्ने तथा आम्दानी बढ्ने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइलेखाइमा पनि प्रगति हुने देखिन्छ । तथापि, सहयोगीजनबाट धोका मिल्नसक्ने सम्भावना रहेकोले विशेष सजगताका साथ व्यवहार गर्नुहोला । स्वास्थ्य सबल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ । बौद्धिक तथा रचनात्मक काम विशेष सफल रहने योग छ । पारिवारिक सुखको अवस्था रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । ऋण/सापटी लिन या दिन आजको दिन अनुकूल छ । सकारात्मक कार्यका लागि खर्च भने केही बढ्न सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ-सहयोगले रोकिएको काम अघि बढ्नसक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन सुखद एवम् शुभदायी रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । यात्रागत कार्यबाट धनआर्जन हुने योग छ । व्यापार बढ्ने, मनोरञ्जनात्मक यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित तुल्याउने समय छ । मिठो भोजन प्राप्त हुनेछ । मित्र-मण्डलीमा वर्चश्व बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय मध्यमस्तरको छ । सामर्थ्य वृद्धिका बाबजुद सोचेअनुरुप काम हुन मस्किल पर्ला । नियमित कार्यहरू भने सुचारु नै रहनेछन् । स्वास्थ्यस्थितिमा भने सुधार आउनेछ । मिठो भोजनको आनन्द उठाउन पाइएला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । खिन्नता बढाउने समाचार सुन्नुपर्ने योग रहेकोले संयमताको दरकार छ । सुख सुविधाको बस्तुमा खर्च हुन सक्छ । अनावश्यक खर्च कटौतीका लागि मितव्ययी बन्ने प्रयत्न गर्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन मध्यम खालको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । तथापि, छरछिमेकमा केही असमझदारी बढ्ने योग रहेकोले संयमपूर्ण व्यवहार गर्नु हितकर सावित हुनेछ । पराक्रम वृद्धिका कारण शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । मित्रजनको साथले समस्याको समाधान हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । आम्दानीमा कमी आउने छैन तर खासै प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन खर्चको सम्भावना छ । स्वास्थ्य सामान्यरूपले कमजोर रहन सक्छ, सावधानी अपनाउनुहोला । दायित्व निर्वाहमा अब्बल नै रहनुहुनेछ । रसरागमा आकर्षण बढ्ला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामर्थ्य वृद्धि हुनेछ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । रमाइलो खबर सुन्न पाइनेछ । विपरीतलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ भने मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ने समय छ । रोकिएको काममा सफलता मिल्ने योग छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन केही चुनौतीयुक्त रहनसक्छ । मित्रजनको साथ मिलेपनि परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनुहोला । धेरै लगानीपछि कममात्र फाइदा हुने योग छ । लेखन/प्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्