काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल बेटिसले रियल म्याड्रिड माथि शानदार २-१ गोल अन्तरको जित हासिल गरेको हो ।
१-० गोलले पछि परेको रियल बेटिसले खेलमा कमब्याक गर्दै रियल म्याड्रिडलाई स्तब्ध बनाएको थियो । रियल बेटिसको जितमा जोनी कार्डोसो र इस्कोले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि एक गोल ब्राहिम डियाजले गरेका थिए ।
यो हारपछि रियल म्याड्रिड लिगमा तेस्रो स्थानमा झरेको छ । रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ । त्यसैगरी रियल बेटिसको २६ खेलमा ३८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।
गएरातिकै अर्को खेलमा एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको जितमा जुलियन अल्भारेजले खेलको ६६औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
योजितपछि एटलेटिको म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । एटलेटिको म्याड्रिडको २६ कलामा ५६ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोनाको २५ खेलमा ५४ अंक रहेको छ र भने रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ ।
त्यस्तै एथलेटिक क्लबको २६ खेलमा ४८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्