आज मिति वि.सं २०८१ फाल्गुन ०९ शुक्रबार ई.सं २०२५ फेब्रवरी २१ नेपाल सम्बत ११४५ सिल्लागा अष्टमी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, व्याघात योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६:३५ बजे भयो भने सूर्यास्त साँझ ०५:५९ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन खर्च केही बढे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्ने योग छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन आउन सक्छ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्नसक्छ । मानसम्मान पनि पाइएला । आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन । हैरानी बढ्न सक्छ । कार्यबोझ बढ्नाले थकान महसूस हुने देखिन्छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन सानातिना समस्या आइपरे पनि मनोरञ्जनपूर्ण रुपले बित्ने देखिन्छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुुनुका साथै प्रेम र मित्रताको बन्धन कसिएर जाला । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । समष्टिमा दिन सुखमय रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ब्यस्तता बढ्नेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित भइनेछ । परिवारजनसँग आत्मीयता बढ्ने समय छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । स्वास्थ्य सबल रहला । साथीभाइको सहयोग प्राप्त हुने योग छ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन मिश्रित फलदायी रहला । पराक्रम वृद्धिका बाबजुद कामका केही अवसर फुत्कने सम्भावना छ । तथापि, व्यापार-व्यवसायमा राम्रै फाइदा हुने योग छ । मान पुरस्कार प्राप्त हुने देखिन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । आरोग्यपन बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रतिभा देखाएर अवसर हातपार्न सकिने दिन छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिने समय छ । चुनौतीहरू पन्साउँदै रोकिएका काम पूरा गर्ने प्रयत्न गर्नुहोला । धैर्यले काम लिने प्रयत्न गरे सफलताको दर वृद्धि हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट विशेष लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । श्रमको उचित मूल्यांकन हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन खर्च केही वृद्धि हुने देखिन्छ । दाम्पत्यजीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । रोकिएको काम बन्ने समय छ । स्वास्थ्य सबल रहला । सामर्थ्य वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ । सहयोगीहरूले हात झिक्नाले काममा समस्या थपिने देखिन्छ । आय वृद्धिसँगै खर्च पनि बढ्ने देखिन्छ । छरछिमेकमा केही असमझदारी बढेपनि समस्याको समाधान हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक कार्यमा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि होला । नियमकानूनले साथ दिनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्ला । खेलकूद, भ्रमण जस्ता मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दौडधुप बढेपनि दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्ने समय छ । नियमित कार्यमा जाँगर वृद्धि भइ धनलाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने योग छ । चिताएको काम बन्ने देखिन्छ । रसरागमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्