माघ १० गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० माघ २०८१, बिहीबार
6 Min Read
Aa

आज मिति वि.सं.२०८१ माघ १० गते बिहीबार ई.सं.२०२५ जनवरी २३ नेपाल सम्बत ११४५ पोहेलागा नवमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण नवमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, गण्ड योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:५४ बजे भयो भने सूर्यास्त साँझ ०५:३७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सोचेभन्दा कमै फाइदा मिल्ने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहनाले श्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, दिगो फाइदा हुने काम प्रारम्भ हुने योग छ । इर्ष्या गर्नेहरूसँग सजग रही काम गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ भने यात्रा सफल रहनेछ । आमोदप्रमोदको परिवेश रहनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । तर, सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । तपाईंको सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन व्यस्तता वृद्धि हुने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने दिन छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । मान पुरस्कार प्राप्ति र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । ब्यवसायमा राम्रै लाभ होला । तर, अरूको भर पर्दा धोका हुन सक्छ, होस राख्नुहोला । परिस्थितिअनुसार चल्न नसक्दा मान्यजनसँग असमझदारी बढ्न सक्ने योग छ । पराक्रम बढ्नेछ । आरोग्यता रहला । साथीभाइको सहयोगले सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । आज कसैसँग सामान्य मनमुटाव पनि हुन सक्छ, सजग रही व्यवहार गर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । बौद्धिक तथा रचनात्मक काम भने सार्थक रहनेछन् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामान्य कामबाट राम्रो लाभ उठाउन सकिने समय भएपनि आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आरोग्यपन वृद्धि होला । साथीभाइको सहयोगले समस्याकको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । आज कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । कुनै महत्वपूर्ण काम रोकिएको छ भने आज पुनः प्रयत्न गर्दा सफल हुनसक्छ । यशवर्चश्व बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मिश्रित फलदायी दिन छ । व्यापार–व्यवसायमा लाभ होला । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्ने सम्भावना छ । मान र विद्या प्राप्तिका साथै धनलाभको योग छ । आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । खर्च घटाउनका लागि विशेष प्रयत्न गर्नु उचित हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य केही कमजोर रहनाले जोश–जाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नसोचेको ठाउँमा धननाश हुने योग छ । खेलकुद, भ्रमण जस्ता कर्ममा आकर्षण बढ्नेछ । बौद्धिक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन होला । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती भने बढ्नेछ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय शुभदायी छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आफन्तबाट टाढिनुपर्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति होला । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्