माघ ०३ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०८१, बिहीबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८१ माघ ०३ गते बिहीबार ई.सं.२०२५ जनवरी १६ नेपाल सम्बत ११४५ पोहेलागा तृतिया, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण तृतिया, चन्द्रमा कर्कट राशिमा, अश्र्लेषा नक्षत्र, आयुष्मान योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:३१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा उचित लाभ मिल्ला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने योग छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयास गर्नेछन्, तर शत्रुपक्ष परास्त हुनेछन् ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परोपकार र धार्मिक क्षेत्रमा मन र धन लगाउँदा राम्रो होला । थोरैमात्र प्रयास गर्दा रोकिएका काम सम्पादन हुनेछन् । आजको दिन कसैसंग सामान्य विवाद वा झगडा हुन सक्छ । सवारी साधनको प्रयोगमा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिने योग छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित होला । पठनपाठन तथा बौद्धिक कार्यमा प्रगति होला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना देखिन्छ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी पुऱ्याउन सक्नेछैनन् । पुरानो कुनै सहमति-सम्झौताले भने केही अप्ठ्यारो पार्न सक्ने योग छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज फलदायी रहनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त होला । ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिश्रित फलदायी समय छ । आफ्ना समस्त उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्धको माहोल बन्नेछ । आर्थिक पक्षको दृष्टिले समय खासै बलियो नभएपनि आर्थिक समस्या टर्ने देखिन्छ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु उचित हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण वृद्धि होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । आफ्ना मातापिता, हाकिम तथा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । रमाइलो यात्रा हुनसक्ने र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने येग छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ, ध्यान राख्नुपर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काम र जिम्मेवारी हात पर्ने समय छ । अध्ययन-अध्यापनमा राम्रै प्रगति होला । आर्थिक पक्ष पनि सबल छ, तर स्वास्थ्यमा केही समस्या देखापर्ने योग छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र, तिनको आवागमनले महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आयबल वृद्धि र आफन्तको साथले उत्साह बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रै लाभ हुनेछ । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । कर्मबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, तर न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । आजको दिन खानपानमा नियन्त्रण गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि सजग रही आहारविहार गर्नु उचित हुनेछ । रोकिएको काम विशेष मिहेनतले बन्नेछ । विरोधिपक्ष कमजोर सावित होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पारिवारिक सहयोग प्राप्त हुने समय छ । यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिने प्रयास गर्दा हितकर रहला । कामधन्दा र व्यवसायको चापले गर्दा जीवनथाथी तथा प्रेमी/प्रेमिकासँग सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिणाममुखी काममा लगानीको समय छ । शरीर फूर्तिलो भएको महसुस होला । नचिताएको स्थानबाट धनागमनको योग छ । कल्पना र भावनामा केन्दित भइने छ । आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई विशेष नियन्त्रणमा राख्नु उचित होला । नियमकानूनले साथ दिनाले आफ्नो दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन प्राप्त होला । रसरागात्मक काममा आकर्षण रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज पारिवारिक वातावरण खासै तपाईंको अनुकूल नरहे पनि पराक्रम र उत्साहमा कमी आउनेछैन । स्वास्थ्य सबल रहनाले शरीरमा उत्साह-उमङ्ग प्राप्त हुनेछ । उद्योग-व्यापारमा विशेष फाइदाको योग छ । आम्दानी बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहला । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्