आज मिति वि.सं.२०८१ पुष १६ गते मंगलबार ई.सं.२०२४ डिसेम्बर ३१ नेपाल सम्बत ११४५ पोहेलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल प्रतिपदा, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, धुव्र योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०६:५४ बजे भयो भने सूर्यास्त साँझ ०५:१९ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधुप र जोखिम केही बढेपनि प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने र प्रतिष्पर्धीहरूलाई पछि पार्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रा सफल रहनेछ । समग्रमा अनुकूलता वृद्धिको अनुभूति हुने दिन छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): तपाईंको प्रतिभाले विशेष लाभ दिलाउने समय छ । अध्ययनमा राम्रो प्रगति होला । नयाँ कामको प्रस्ताव आउने देखिन्छ, सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख तथा आनन्द बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्ला । आफन्तको साथले उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): वैदेशिक यात्रासम्बन्धी कामकाज अघि बढ्नसक्ने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । रमाइलो यात्रा गर्ने मौका जुर्ला । पराक्रमवृद्धि भइ प्रतिष्पर्धी पछि पर्नेछन् । धन मान महत्व बढ्नेछ । रमाइलो जमघटबीच मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । प्रेमभाव वृद्धि तथा सन्तानसुख बढ्ला । कर्मबल बढ्नेछ, रोकिएको काम बन्नेछ । भ्रमण एवम् रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । फाइदाका लागि आफ्ना विशेष योजना गोप्य राख्न आवश्यक छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ, तर आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । खर्च वृद्धि होला । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्ने योग छ । बौद्धिक, रचनात्मक र कलात्मक कार्यमा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । लाभदायी काम प्रारम्भ हुन सक्छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्ने योग छ । तार्किक क्षमताले सम्मान दिलाउला । प्रेम र मित्रताको गाँठो कसिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगले पराक्रम बढ्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): क्षमताअनुसारको काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । व्यवसायमूलक काममा राम्रै फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षणका साथै कार्य व्यपारमा सफलता प्राप्त होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पहिलेका कर्मको प्रतिफल पाइने समय छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्ने सम्भावना छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । पराक्रम झल्कने क्रियाकलापमा मन आकर्षित हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बोलीको भरमा काम सम्पादन हुने समय छ । बोली र विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । तथापि, अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । मिठो भोजन प्राप्त होला । खर्च केही बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उत्साहजनक समाचारले मन प्रसन्न रहने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । प्रशन्नता बढ्नेछ । नियमकानूनले तपाईंको साथ दिनेछ । इष्टमित्र सहयोगी बनेर देखापर्नेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । व्यापारमा राम्रै फाइदा हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ मिल्ने योग पनि छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने हुँदा सजगता अपनाइ व्यवहार गर्नु उचित होला । काम बिग्रने डरले सताइरहनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तको साथ रहनेछ । सुखविलासमा मना जाला । मिठो भोजन प्राप्त हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्