आज मिति वि.सं.२०८१ पुष ०५ गते शुक्रबार ई.सं.२०२४ डिसेम्बर २० नेपाल सम्बत ११४५ थिंलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण पञ्चमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, विषकुम्भ योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:४९ बजे भयो भने सूर्यास्त साँझ ०५:१३ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूलता वृद्धि भइ नसोचेको सफलता हात पर्नसक्ने समय छ । सामाजिक कर्म तथा परोपकारकारका क्षेत्रमा मन आकर्षित रहला । आत्मिय एवम् मित्रजनसँग भेटघाटका साथै मिष्ठान्न भोजनको अवसर जुर्ने देखिन्छ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अनावश्यक झमेलामा पर्ने सम्भावना अधिक रहेकोले अत्यन्त सजग रही व्यवहार गर्नु उचित हुनेछ । भौतिक साधनको क्षतिले धन नाश गराउन सक्छ । सवारीसाधनको प्रयोगमा पनि अघिपछिको तुलनामा विशेष सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्य कमजोर रहनसक्ने हुँदा खानपानमा सचेत रहनुहोला । यात्रागत कार्य गर्दैहुनुहुन्छ भने स्थगन गर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा भने आंशिक सफलता मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय उत्साहवर्द्धक छ । आज धनजनमा वृद्धि र विशेष काममा कसैबाट समर्थन पाइने योग छ । ठुला ब्यक्तिसंग पनि भेटघाट हुनसक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सुखदायी खबर सुन्न पाइएला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान पुरस्कार प्राप्तिको योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामको सफलताले थप काम गर्ने हौसला मिल्ने दिन छ । थाती रहेका कामहरु सम्पन्न हुनसक्छन् । आयआर्जन होला । कामको सिलसिलामा यात्राको सम्भावना छ । डुब्न लागेको भन प्रयास गर्दा उठ्नसक्ने योग छ । मनमा कता–कता हर्ष छाउनेछ । स्वास्थ्य सबल र कर्मबल वृद्धिका साथै रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी दिन छ । घरमा पाहुनाको आगमनले खुशी प्रदान गर्नसक्छ । धनलाभको योग छ, तर आज कुनै पनि नयाँ काम नथाल्नु उचित हुनेछ । टाढाको यात्रा होला । लेनदेको काम पनि नगरेकै बेश हुनेछ । लगानी बढ्नेछ । रसविलासमा मन जाला । पारिवारिक सुखशांति रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान पुऱ्याउनुहोला । धननाशका साथै प्रेममा पनि धोका हुनसक्ने योग छ । सहयोगीहरूको साथ मिलेपनि काम पूरा गर्न कठिनाइ ब्यहोर्नुपर्ने समय छ । यात्रागत कार्यमा भने सफलता प्राप्त हुने देखिन्छ । आफन्तको साथ प्राप्त होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन उत्साहवर्द्धक रहला । कर्मबल वृद्धि हुनले काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर मिल्नाले मन हर्षित रहला । स्वास्थ्य केही कमजोर रहनसक्ने हुँदा आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यबल बढ्नेछ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । अध्ययन तथा अध्यापन कार्यमा सफलता पाउने तथा सामाजिक कर्ममा रुचि बढ्ने देखिन्छ । मातापितासँगको भेटघाटले मनमा हर्ष छाउला । कृषिक्षेत्रको काममा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धिको समय छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप वृद्धि भएपनि विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने समय छ । काम गर्नमा जाँगर थपिने देखिन्छ । पारिवारिक सुख र धनार्जनको योग छ । ब्यापार-व्यवसायमा पनि फाइदा नै हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । सुख बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): काममा अवरोध सिर्जना गर्नेहरु सकृय रहनाले मनमा उदासिनता बढ्न सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । स्वास्थ्य पनि कमजोर रहला । सोचेकोे काम समयमै सम्पन्न गर्न मुस्किल पर्ने देखिन्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर ब्यर्थै समयको नाश हुनसक्ने समय छ । प्रतिकुलताका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक काममा नाम रहने दिन छ, तर जागिरमा भने सजक रहनु हितकर होला । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । महत्वपूर्ण कार्यमा हात हाल्ने सन्दर्भमा मनमा दुविधा उत्पन्न हुन सक्छ । मान सम्मानको योग छ । साहस वृद्धि हुने र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सोचेको काम बन्नाले मन रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । विभिन्न सहयोग र उपहार मिल्ने देखिन्छ, साथै रमाइलो यात्राको पनि योग रहेको छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हेला । आरोग्यता रहनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्