कर्णालीसँग ७ विकेटले पराजित भएसँगै पोखराको प्ले अफ सम्भावना कठिन: कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०८१, मंगलवार
3 Min Read
Aa

काठमाडौं – कीर्तिपुरमा जारी एनपीएलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेटले हराएको हो । कर्णालीको यो तेस्रो जित हो । पोखराको यो तेस्रो पराजय हो ।

कर्णालीले प्ले अफ सम्भावना बलियो बनाएको छ । यता, पोखराले भने लुम्बिनी लायन्सलाई १० विकेटले हराएको जितको लय कायम राख्न नसक्दा चितवनको प्ले अफ सम्भावना भने कमजोर बनेको छ । पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि च्याडविक वाल्टनले ४२ रन बनाए । गुल्शन झा ४९ रनमा अविजित रहे ।

- Advertisement -
Ad image

पोखराका लागि विपिन खत्री, च्याडविक वाल्टन र कुशल भूर्तेलले १–१ विकेट लिए । यसअघि ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १०३ रन बनाएको थियो ।

पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिज गौसले २५ रन बनाए । रेमन रेफरले २० रन बनाए । अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।

कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ४ ओभरमा ३१ रन खर्चेर ६ विकेट लिए । कप्तान सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए ।

यस्तै आजको आजको पहिलो खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै जारी एनपिएलमा आफ्नो पहिलो जित निकाल्यो। लुम्बिनी लगातार चार खेलमा पराजित भएको थियो ।

लुम्बिनीको जितमा कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा अर्धसतक प्रहार गरेका उनले बलिङमा पनि ४ विकेट हात पारे ।

लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले ओभरमा ८ विकेट गुमाएर एक सय ३४ रन बनायो । चितवनका लागि लुक बेनकेनस्टेनले सर्वाधिक ३१ रन बनाए । यस्तै नर बहादुर शार्कीले २२, कुशल मल्लले २०, रिजन ढकालले १५, रवि बोपाराले १२ तथा सन्तोष कार्कीले १० रन बनाए ।

लुम्बिनीका लागि कप्तान पौडेलले ४ विकेट लिए। यस्तै रेमन सिमन्ड्सले दुई तथा साद बीन जाफर र अभिशेष गौतमले समान एक एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो ।

सुरुवातमै विकेट गुमाएर लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सम्हालिएर ब्याटिङ गर्दै पारीलाई अगाडि बढाएका थिए । ४९ रनमा चौथो विकेट गुमाएको लुम्बिनीका रोहित र साद बीन जाफरले पाँचौ विकेटका लागि ११४ रनको साझेदारी गरे । कप्तान पौडेलले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। यस्तै जाफरले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए । अर्जुन साउदले १५ रन बनाए । लुम्बिनीले सुरुवाती दुई ओभरमा २ रन बनाउँदा २ विकेट गुमाएको थियो ।

चितवनका रिजन ढकालले ३ विकेट लिए । यस्तै कप्तान कुशल मल्ल र रंजित कुमारले समान एक एक विकेट लिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्