लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै: कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ मंसिर २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा लगातार तेस्रो हारको संघारमा रहेको लुम्बिनी लायन्स र लगातार तेस्रो जितको खोजीमा सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा अहिले ९ः१५ बजे सुरू हुनेछ ।

जारी एनपीएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

- Advertisement -
Ad image

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो ।

आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् । यो खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १:१५ बजे सुरू हुनेछ ।

जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । जारी एनपीएलमा तीन खेल खेलेको विराटनगर किंग्यसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जित निकालेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्