चीनसँग ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको प्रधानमन्त्री ओलीको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०८१, बुधबार
1 Min Read
Aa
प्रम ओली पेकिङ विश्वविद्यालयमा बेइजिङ, चीन १९ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा बुधबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । सो कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाली एवं चिनियाँ प्रतिनिधिको उपस्थिति रहेको छ । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावाले आज बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’ समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीनजस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धिगरी समृद्धिको यात्रामा अगाडि बढिरहेका सन्दर्भमा सन् २०२५ मा धेरै ठूलो सङ्ख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको बताए । उनले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको बताए ।

- Advertisement -
Ad image

प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास गरिरहेको पनि उल्लेख गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्