आज मिति वि.सं.२०८१ मंसिर १९ गते बुधवार ई.सं.२०२४ डिसेम्बर ४ नेपाल सम्बत ११४५ थिंलाथ्व तृतिया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल तृतिया , चन्द्रमा धनु राशिमा, पुर्वाषााढा नक्षत्र , गण्य योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:३९ बजे भयो भने सूर्यास्त साँझ ०५:०८ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अलिक चुनौती बढ्ने देखिन्छ । दौडधुप र जोखिम बढ्नेछ । काममा कठिनाइ सहनु पर्ने समय हुनाले होसीयारीपूर्वक काम गर्नुहोला । बन्न लागेको काम पनि बिग्रने सम्भावना छ, विशेष योजना गोप्य राख्नु उचित होला । यातायातका साधनबाट जोगिन विशेष प्रयत्न गर्नु उपयुक्त हुनेछ । घरेलु समस्याले सताउन सक्छ । मनमा असन्तुष्टिको भाव जाग्न सक्छ, धैर्य राख्नुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अधुरा काम बनेर मन हर्षित हुने दिन छ । सहयोगीहरूले साथ दिनेछन् भने अनौठो तरिकाबाट रुपैयाँपैसा प्राप्त हुने योग छ । आम्दानी बढ्नेछ । नयाँ योजनाहरू पनि सिर्जना हुन सक्छ । परिश्रमले अरुको विश्वास जित्न सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव रहला । साझेदारीको काम बन्नेछ । पारिवारिक एवम् दाम्पत्य सुख बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुने समय छ । पुराना साथीभाइसँग भेट होला । भौतिक साधन जुट्नेछन् । प्रयास गर्दा नउठ्ने ठानिएको रकम पनि उठ्न सक्छ । मन प्रफुल्ल रहला । प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । आज टाढाको यात्रापनि सम्भावित छ । सभासमारोहमा मान पुरस्कार प्राप्त हुने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): इर्ष्या गर्नेहरू सक्रिय रहन सक्ने समय छ । परिवारजनमा असमझदारी बढ्ने, मान्यजन वा अभिभावक वर्ग रुष्ट हुनसक्छन् विचार गर्नुहोला । छरछिमेकमा विवाद वा झगडा हुनसक्ने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाएर अनिष्ठ टार्न सकिनेछ । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने योग छ, एकदमै सावधानीका साथ कार्य गर्नुहोला । सन्तानपक्षबाट भने सुख मिल्ला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । नयाँ काम या विशेष योजनामा चाहिँ हात नहाल्नु नै उचित हुनेछ । नोकरीमा आज आलस्यले सताउन सक्छ । व्यापार–व्यवसायमा सफलता मिल्नेछ । धन आर्जनको अवसर मिल्ला । स्वास्थ्य सबल रहनेछ । रसरागको भाव जागृत होला । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन मनोरञ्जनपूर्ण रहनेछ । मान-सम्मान बढ्ने र सुखको अनुभुति हुने देखिन्छ । पराक्रम वृद्धि होला । आफन्तको साथ प्राप्त हुनेछ । सन्तानपक्षबाट सुखको समाचार सुन्न पाइएला । तपाईंप्रति ठूला व्यक्तिको आशा र भरोसा रहनेछ । बेलीकै भरमा धेरै काम सहज हुने योग छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन नियमित कार्यका अलावा सामाजिक कर्ममा पनि मन जानेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने समय छ । जागिरमा भने समस्या देखापर्न सक्छ । व्यावसायिक यात्राको सम्भावना छ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले मन प्रशन्न तुल्याउला । धनलाभको योग छ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन मिश्रित फलदायी होला । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ, तर नोकरी एवम् राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ने देखिन्छ । आज सोच्दै नसोचेको ठाउँमा धन खर्च हुनसक्छ । स्वास्थ्यगत समस्या पनि आइपर्नसक्ने हुँदा होसियाार रहनुहोला । खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ । फजुल खर्च वृद्धिको सम्भावना रहेकोले योजना र बजेट बनाएरमात्र व्यवहार गर्नु उचित हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय शुभदायी छ । विचार र व्यवहारले धेरैलाई आकर्षण गर्न सकिएला । ब्यापार-ब्यवसायबाट राम्रो लाभ लिन सकिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने स्वास्थ्य स्थिति सबल रहनेछ । नियमित काममा जाँगर बढ्नेछ । नयाँ काम प्राप्तिको योग छ । पढाइलेखाइमा राम्रै उन्नति गरेर अघि बढ्न सकिएला । रसरागात्मक कार्यमा आकर्षण बढ्ने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उत्साहवर्द्धक समय छ । आम्दानी बढ्ने र भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । धनलाभको योग छ । काममा जाँगर चल्नेछ । आँटेगरेका काम पूरा भइ लाभ मिल्ने देखिन्छ । ब्यापारमा हुनेका लागि पनि समय लाभदायी नै छ । आयबल बढ्नेछ । यात्रा सफल रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने देखिन्छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्रागत कार्यको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । आत्मीय साथीभाइसँग भेटघाटले मन रमाउने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बाध्यतापूर्ण काममा समय बित्न सक्छ । आज अनावश्यक रुपमा खर्च वृद्धि हुने देखिन्छ । नियमित काममा पनि खासै मन नजाला । ब्यापार ब्यवसायमा घाटाको सम्भावना भएकोले ठूलो लगानी आजको दिन नगरेकै बेस हुनेछ । समय त्यति राम्रो छैन । गलत विचार बढ्नाले समयमा सही निर्णय गर्न नसकिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्