साइबर अपराधमा दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – साइबर अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डुले अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेदेखि छानबिन गरिरहेको छ ।

- Advertisement -
Ad image

प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै उनले सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोप छ । यसअघि पनि उनी साइबर अपराध मुद्दामा १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्