वेस्टह्यामलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०८१, आईतवार
1 Min Read
Aa
LONDON, ENGLAND - NOVEMBER 30: Bukayo Saka of Arsenal celebrates scoring his team's fifth goal from a penalty kick during the Premier League match between West Ham United FC and Arsenal FC at London Stadium on November 30, 2024 in London, England. (Photo by David Price/Arsenal FC via Getty Images)

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग फुटबल (इपीएल)मा वेस्टह्यामलाई ५–२ गोलले पराजित गर्दै आर्सनल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति वेस्टह्यामलाई घरेलु मैदानमा हराएको आर्सनलको १३ खेलमा २५ अङ्क भएको छ । शीर्ष स्थानको लिभरपुलको ३१ अङ्क छ । लिभरपुलले १२ खेल खेलेको छ ।

- Advertisement -
Ad image

गएराति नै भएको अर्को खेलमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई ४–१ गोलले पराजित गरेको छ । घरेलु मैदानमा विजयी भएको ब्रेन्टफोर्ड सातौं स्थानमा उक्लिएको छ ।

यस्तै गएराति बर्नमाउथले उल्भ्सलाई ४–२ गोलले पराजित गरेको छ । नटिङघम फरेस्टले इपस्वीचलाई १–० गोलले पराजित गर्दा क्रिष्टल प्यालेस र न्युक्यासलले एक–एक गोलको बराबरी खेलेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्