दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

गैरकानुनी रुपमा प्रसाईंलाई थुनामा राखेको भन्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकोमा
न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो। यससँगै प्रसाईं अनुसन्धानका लागि प्रहरी हिरासतमै रहने भएका छन्।

- Advertisement -
Ad image

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै प्रसाईंले विवादास्पद अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई ४ मंसिरमा पक्राउ गरेको थियो।

त्यसपछि उनका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्