एस्टोन भिल्लालाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लँदा ओसासुनामाथि रियल मड्रिडको सानदार जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – एस्टोन भिल्लालाई पराजित गर्दै लिभरपुल इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले एस्टोन भिल्लालाई २–० गोल अन्तरले पाखा लगाएको हो।

लिभरपुलको जितमा डार्विन नुनेज र मोहम्म सलाहले समान एकएक गोल गरे। पहिलो हाफको २० औँ मिनेटमा नुनेजको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। मोहम्मल सलाहले मिलाएको पासमा नुनेजले बललाई पोष्टको जाली चुमाएका थिए।

- Advertisement -
Ad image

खेलको ८४ औँ मिनेटमा सलाहको गोलमा लिभरपुलले २–० को जित दर्ता गरेको हो। यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

११ खेलमा ९ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोगेको लिभरपुलको २८ अंक छ।
समान खेलबाट दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ। सिटीले लिगमा ७ खेलमा जित, समान २ खेलमा बराबरी र हारको नतिजा ल्याएको छ।

गएराति नै भएको खेलमा सिटी ब्राइटनसँग २–१ ले पराजित भयो। वुल्भ्सले साउथहेप्टनमाथि २–० को जित दर्ता गर्दा फुलहामले क्रिस्टल प्यालेसमाथि २–० को नै जित दर्ता गरेको छ। अर्को खेलमा ब्रेनफोर्डले एफसी वर्नमाउथलाई ३–२ को जित निकाल्दा वेस्ट ह्याम र एभर्टनले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे।

यस्तै भिनिसियस जुनियरको सानदार ह्याट्रिक मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित दर्ता गरेको छ। शनिबार राति भएको खेलमा रियलले ओसासुनामाथि ४–० को फराकिलो जित हात पारेको हो।

रियलको जितमा भिनिसियसले ह्याट्रिक गर्दा जुडे बेलिघमको नाममा एक गोल रह्यो। खेलको पहिलो हाफमा २ गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो।

खेलको ३४ औँ मिनेटमा भिनिसियसको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। ४२ औँ मिनेटमा जुडको गोलमा रियलले अग्रता दोब्बर पारेको थियो। तर खेलको ६१ र ६९ औँ मिनेटमा भिनिसियसले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। रियलले सानदार जित दर्ता गरेको खेलमा एडर मिलिटाओले भने घुँडामा चोट बोक्न पुगे।

ब्राजिलका सेन्टर ब्याक उनको दाहिने घुँडामा चोट बोकेका थिए। उनको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ। खेलपछि रियलले एक विज्ञप्ती जारी गर्दै उनको एसियल र मिनिस्कस गएको बताएको छ। उनको छिट्टै शल्यक्रिया हुनेछ।

गएराति नै भएको अर्को खेलमा भिल्लारियलले डिपोर्टिभ अलाभेसलाई ३-० ले हराएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्