सहकारी पीडितका लागि दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी पीडितका लागि दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

मुलुकमा व्याप्त संगठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आमनागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको बताए ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्