रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै: बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजनाबारे छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्नेछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुनेछ ।

- Advertisement -
Ad image

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ ।सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्