रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति, रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

कास्की जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

- Advertisement -
Ad image

सहकारीको बचत ठगी प्रकरणमा अनुसन्धानका निम्ति गएको शुक्रबार प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीलाई समेत बिहीबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

यस्तै रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२ जनालाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ गर्न अनुमति दिएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्