रवि लामिछानेका समर्थक काठमाडौंमा पनि प्रदर्शनमा उत्रिए, मुख्य नेताहरू पोखरामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरु काठमाडौंमा पनि प्रदर्शनमा उत्रिएका छन् । आफ्नो पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै सो दलका नेता तथा कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

लामिछानेलाई काठमाडौंको पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरी सिआईबीको टोलीले हिजै राति पोखरा लगेको थियो । पोखरामा प्रदर्शन सुरु भएसँगै यता काठमाडौंमा पनि प्रदर्शन गरिएको हो । रविका कार्यकर्ताहरुले सभापतिलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

- Advertisement -
Ad image

काठमाडौंमा भने रविका समर्थकहरु माइतीघर मण्डलामा भेला भएका थिए । रास्वपाका मुख्य नेताहरु भने हिजै राति पोखरा पुगेका हुन् । उनीहरु आज पोखरामा आयोजित विरोध प्रदर्शनपछिको कोणसभामा सम्बोधन गरिरहेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्