भावी प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत अनुमोदित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०८१, बुधबार
1 Min Read
Aa
काठमाडौँ, १६ असोजः प्रतिनिधिसभाअन्तर्गत बुधबार सिंहदरबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आफूबारे सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै। तस्बिरः रत्न श्रेष्ठ÷ रासस

काठमाडौं – संघीय संसदको संसदीय सुनुवााई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसम्मतका साथ प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। समितिले बुधबार नै राउतको सुनुवाई गरेको थियो।

- Advertisement -
Ad image

भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यस्तै बैठकले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम समेत अनुमोदन गरेको छ। समितिले बुधबार नै यादवको सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए।

त्यसअघि सुनुवाईका क्रममा यादवले नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्राउने, अष्ट्रेलियासँग शैक्षिक तथा सांस्कृतिक सम्बन्ध पनि सुधार गर्ने लगायतका कार्ययोजना प्रस्तुत गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्