प्रतिनिधिसभाको बर्खे अधिवेशनः ५६ वटा बैठक, ५ वटा विधेयक पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाको चौथो अधिवेशनमा ५६ वटा बैठक बसेको छ।

बैशाख २८ गते मंगलबार प्रारम्भ भई भदौ ३१ गते सोमबारसम्म जम्मा १३० दिन चालु रहेको प्रतिनिसधभाको ५६ वटा बैठक बसेको सभामुख देवराज घिमिरेले जानकारी दिए। यस अधिवेशनमा प्रतिनिधि सभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको थियो जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले बताए।

- Advertisement -
Ad image

अधिवेशनमा सांसदहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ५० वटा मौखिक र एउटा लिखित प्रश्नहरु मध्ये ३३ वटा मौखिक प्रश्नहरुको उत्तर प्राप्त भएको उनले बताए।

चौथो अधिवेशनको यस अवधिमा पूर्व सदस्यहरु सूर्यमान गुरुङ, शैयद मेहराज अहमद र खगेन्द्रराज रेग्मी, रामचन्द्र राय यादव र श्रवणकुमार अग्रवालको निधनमा सभाबाट शोक प्रस्ताव पारित भएको थियो। संसदको चालू अधिवेशन सोमबारबाटै अन्त्य भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्