पलेशासहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै, यस्तो छ भव्य स्वागतको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली टोली आज स्वदेश फर्किँदै छ। टोलीलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पलेशासहित नेपाली टोलीलाई नगर परिक्रमासहित भव्य स्वागत गर्ने तयारी छ।

पारातेक्वान्दो टोली अहिले बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने र ८ः३० बजेमा र्‍याली सुरु गर्ने राखेपले जनाएको छ । र्‍याली एयरपोर्टबाट सुरु भएर गौशााला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर समापन हुनेछ ।

- Advertisement -
Ad image

पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्यपदक जितेकी हुन् । सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आएको भए पनि पदकविहिन थियो ।

एसियाली खेलकुद प्रतियोगितामा प्राप्त भएका रजत पदक नै नेपाली खेलकुद इतिहासको उच्च सफलता थिए । अब पेरिस पारालिम्पिकमा पलेशाले प्राप्त गरेको सफलताले इतिहास बनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्