मोदीले लिए तेस्रो कार्यकालको शपथ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिसहित मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन्।

मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन्। मोदीले शपथ लिएपछि दोस्रो नम्बरमा राजनाथ सिंह र तेस्रो नम्बरमा अमित शाहले शपथ लिएका छन्। सिंह अघिल्लो मन्त्रीमण्डलमा रक्षा मन्त्री थिए भने शाह गृहमन्त्री थिए। उनीहरुलाई मोदीका निकट सहयोगी मानिन्छ।

- Advertisement -
Ad image

त्यस्तै नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस जयशंकर, निर्मला सीतारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्