काठमाडौँ – सर्वोच्च अदालतले झापास्थित दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने फैसला गरेको छ । सोमबार न्यायाधीश डा. कुमार चूडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसीलाई सम्बन्धन दिन फैसला गरेको छ ।
मेडिकल व्यवसायी प्रसाईंले दायर गरेको रिटअनुसार सम्बन्धन दिन फैसला भएको सर्वाेच्च अदालतले जनाएको छ ।
आशय पत्र पाएर भौतिक संरचना निर्माण गरेपछि सम्बन्धन नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमीविरुद्ध २०७७ असार २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेकोमा सोमबार फैसला भएको छ । बीएण्डसीलाई सम्बन्धन नदिन अभियन्ता डा. गोविन्द केसीले पटक–पटक अनशन बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्