सेल्टा भिगोमाथि रियल म्याड्रिडको शानदार जित, शीर्ष स्थानमा ७ अङ्कको अग्रता कायम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र अर्दा गुलेरले एक एक गोल गरेका थिए भने सेल्टा भिगोका भिसेन्ट गुइटा र कार्लोस डोमिंगगुएजले एक एक गोल आत्मघाती गोल गरेका थिए । रातो कार्ड पाएका जुड बेलिङह्याम बिना नै मैदानमा उत्रिएको थियो ।

- Advertisement -
Ad imageAd image

यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको जिरोना भन्दा ७ अंकले अगाडी रहेको छ । त्यसैगरी सेल्टा भिगोको २८ खेलमा २४ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्