सेल्टा भिगोलाई पराजित जिरोना शीर्ष स्थानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सेल्टा भिगोलाई हराउँदै जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा जिरोनाले सेल्टामाथि १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो ।

क्रिस्टियन पोर्टुले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । यो सिजन क्लबका लागि उनको यो तेस्रो गोल थियो । शनिबार लास पालमासलाई २–१ गोलले हराएपछि ला लिगाको शीर्ष स्थानमा उक्लिएको थियो । जीतपछि जिरोनाले रियललाई एक अङ्कले उछिन्न सफल भएको छ । यद्यपि टोलीले एक खेल बढी खेलेको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्