कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा चेल्सी मिडल्सब्रगसँग पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०८०, बुधबार
1 Min Read
Aa
MIDDLESBROUGH, ENGLAND - JANUARY 09: Middlesbrough player Hayden Hackney celebrates after scoring the first goal during the Carabao Cup Semi Final First Leg match between Middlesbrough and Chelsea at Riverside Stadium on January 09, 2024 in Middlesbrough, England. (Photo by Stu Forster/Getty Images)

काठमाडौँ – ईएफएल कप अर्थात् कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा चेल्सी मिडल्सब्रगसँग हारेको छ।

मंगलबार राति रिभरसाइड स्टेडियम मिडल्सब्रगमा भएको खेलमा चेल्सीले १–० को हार बेहोरेको हो। पहिलो हाफमा हेडेन ह्याक्नीले गरेको गोल नै चेल्सीको हारका लागि निर्णायक बन्यो। उनले ३७औँ मिनेटमा आइसेह जोन्सको पासमा गोल गरेका हुन्। ।

- Advertisement -
Ad image

पहिलो हाफमै कोल पाल्मेरले तीन सुवर्ण अवसर खेर फाल्दा चेल्सी पछि परेको थियो। अब दोस्रो लेगको खेल यही जनवरी २४ मा हुनेछ। यस खेलमा स्पष्ट २–० को जित हासिल गर्न सके चेल्सी फाइनलमा पुग्नेछ। बराबरी र हारको नतिजाले चेल्सी सेमिफाइनलबाटै बाहिरिनेछ। तर १–० को जितले पनि फाइनल पुग्ने सम्भावना बाँकी रहनेछ।

मिडल्सब्रगलाई भने बराबरीको नतिजा नै फाइनल पुग्न पर्याप्त हुनेछ। अर्को सेमिफाइनलको पहिलो लेगमा आज राति लिभरपुल र फुलहमबीच भिडन्त हुँदैछ। यी दुई टोलीबीच जनवरी २५ रीमा दोस्रो लेग हुनेछ। फाइनल भने आगामी फेब्रुअरी २६ मा हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्