बार्सिलोना स्पेनिस ‘कोपा डेल रे’को अन्तिम १६ मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ पुष २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – बार्सिलोना स्पेनिस कोपा डेल रे को अन्तिम १६ मा पुगेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले बार्बास्ट्रोलाई ३-२ गोल अन्तरले पराजति गर्दै कोपा डेल रे को अन्तिम १६ मा पुगेको हो ।

बार्सिलोनाको जितमा फेर्मिन लोपेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यसैगरी बार्बास्ट्रोका लागि आद्रिया डे मेसा र मार्क प्राट सेरानोले एक एक गोल गरेका थिए ।

- Advertisement -
Ad image

योसँगै बार्सिलोना यस सिजनको राउण्ड १६ मा पुगेको छ र अन्तिम १६ को ड्र समेत आजै हुँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्