इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन्। दुबै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुंगिएको हो।

बराबरी खेले पनि वेस्टह्याम अंक तालिकामा ब्राइटनभन्दा माथि छ। उसले २० खेलमा ३४ अंक जोडेर छैठौँ स्थानमा छ। ब्राइटन समान खेलमा ३१ अंकसहित सातौँ स्थानमा छ। प्रिमियर लिगमा २० खेलमा ४५ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ।

- Advertisement -
Ad image

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत हिजो भएको खेलमा लिभरपुलले न्यूक्यासललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्