२८ दिनभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रधानमन्त्रीको उद्घोष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीबाट नियमित पानी ल्याउन सरकार लागिपरेको बताएका छन् ।

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले २८ दिनभित्र मेलम्चीको पानी ल्याउन सरकारले कार्ययोजना बनाएर काम गरेको बताए ।

- Advertisement -
Ad image

उनले १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्‍याउने लक्ष्यसहित २८ दिनको कार्यतालिका बनाएर काम भइरहेको बताएका हुन् ।

‘मेलम्चीको पानी काठमाडौंवासीले उपयोग गर्ने सपना अधुरो रहेको हामी सबैले बुझेका छौं, मैले मेलम्चीको समस्याको बारे सबैसँग छलफल पनि गरेँ। मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ। १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्‍याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजना लिएर अहिले हामी काम गरिरहेका छौं,’ उनले भने।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्