हत्या अभियोग लागेका एमालेका निलम्बित सांसद लक्ष्मी कोइरीले पाए सफाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – थमन बिक हत्या प्रकरणमा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतोले सफाइ पाएका छन् । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले आज उनले सफाइ पाएको फैसला सुनाएको हो ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो। कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।

- Advertisement -
Ad image

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी-१ बाट निर्वाचित भएका थिए। उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्