म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी, रोचक बन्यो अंक तालिका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको २७औं मिनेटमा अग्रता लिएपनि लिभरपुलले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । लिभरपुलका लागि ट्रेन्ट एलेजेन्डर आर्नोल्डले गोल गरेका थिए ।

- Advertisement -
Ad image

यो बराबरीपछि म्यानचेस्टर सिटीको यो बराबरीपछि प्रिमियर लिगको अंक तालिका रोचक देखिएको छ । सिटीको बराबरीपछि अब आर्सनलले सिटीलाई उछिनेर शिर्ष स्थानमा जाने अवसर पाएको छ । आर्सनलले आजराती ब्रेन्टफोर्डविरुद्ध खेल्दै छन् । यो खेलपछि सिटीको १३ खेलमा २९ अंक भएको छ भने आर्सनलको १२ खेलमा २७ अंक रहेको छ ।

त्यसैगरी सिटीसँग एक अंक खोसेको लिभरपुलको १३ खेलमा २८ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्