सेभियामाथि आर्सनल र पोर्चुगिज क्लब ब्रागालाई पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको राउण्ड १६ मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – आर्सनलले स्पेनिस क्लब सेभियालाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीनद्रो ट्रोसार्ड र् बुकायो साकाले एक एक गोल गरेका थिए ।

समुह बी मा रहेको आर्सनलको यस सिजनमा यो तेस्रो जित हो । ४ खेलमा ९ अंकसहित आर्सनल समुह बी मा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी सेभियाको भने यस सिजनमा यो दोस्रो हार हो । ४ खेलमा २ अंक रहेको सेभिया समुहमा पुछारमा रहेको छ ।

- Advertisement -
Ad image

यस्तै रियल म्याड्रिडले पोर्चुगिज क्लब ब्रागालाई पराजित गरेको छ । गएराती सम्पन्न युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रियल म्याड्रिडले ब्रागालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए । समुह सी मा रहेको रियल म्याड्रिडको यस सिजनको च्याम्पियन्स लिगमा यो लगातार चौथो जित हो । यो जितपछि ४ खेलमा १२ अंकसहित रियल म्याड्रिड शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रागाको ४ खेलमा ३ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्