डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि नेपालमा यथावत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको हो। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। अब डिजेल र मट्टीतेल प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ।

भारतीय आयल कर्पोरेशनबाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि नेपाली बजारमा भने यथावत राखिएको छ।

- Advertisement -
Ad image

नेपाल आयल निगमका अनुसार पेट्रोलमा १.५१ र एलपी ग्यासमा ९३.६० ले वृद्धि भएर आएको थियो। यद्यपि उपभोक्ताको हितलाई मध्यनजर गर्दै अहिलेलाई यथावत राख्ने निर्णय भएको हो। नयाँ खरिद मूल्य अनुसार डिजेलमा ३ रुपैयाँ ६३ पैसा घटेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्