ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध, सेफिल्डको पोस्टमा आर्सनलको पाँच गोल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

काठमाण्डौ – इंग्लिस प्रिमियर लिगमा चेल्सी ब्रेन्टफोर्डसँग २-० ले स्तब्ध भएको छ। शनिबार राति भएको खेलमा चेल्सी सिजनको चौंथो हार भोग्न बाध्य भयो। शनिबारनै भएको अर्को खेलमा आर्सनलले अङ्क तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गर्‍यो।

ब्रेन्टफोर्डले चेल्सीलाई हराउने क्रममा उसका लागि दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए। खेलको ५८ औं मिनेटमा इथन पिननकले पहिलो गोल गर्दा दोस्रो गोल ब्रायन एमबेउमोले इन्जुरी समयमा गरेका थिए खेलमा चेल्सीले बल पोसेसन राख्दै पकड कायम गरेपनि गोलका अवसर भने सिर्जना गर्न सकेन।

- Advertisement -
Ad image

यद्यपि ब्रेन्टफोर्डले भने चेल्सीको पोस्टमा पाएका अवसरमा दुई गोल गर्दै टिमको तीन अङ्क निश्चित गरेको थियो। जितपछि ब्रेन्टफोर्ड १० खेलबाट १३ अङ्कका साथ १० औं स्थानमा उक्लिंदा समान खेल खेलको चेल्सी ११ औं स्थानमा रहेको छ।

शनिबारनै भएको अर्को खेलमा भने साविक उपविजेता आर्सनलले लिग अङक तालिकाको पुछारमा रहेको सेफिल्डमाथि गोल वर्षा गर्‍यो। एडि एनकेटिसले प्रिमियर लिगमा पहिलो ह्याट्रिक गरेका थिए।

त्यस्तै फावियो भिएरा र टोमियासुले समान १-१ गोल गरेका थिए। पहिलो हाफमा एक गोल गरेको आर्सनलले बाँकी ४ गोल दोस्रो हाफमा गर्‍यो।जितपछि आर्सनल १० खेलबाट २४ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। समान खेलबाट टोटेनह्याम २६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको सिटी २१ अङ्कका साथ तेस्रो र लिभरपुल २० अङ्कका साथ चौंथो स्थानमा रहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्