संघीय संसदीय समितिमा नयाँ नेतृत्व चयन पछि सक्रिय भए संसदीय समिति, आज मात्रै पाँचवटा समितिको बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – संघीय संसदीय समितिमा नयाँ नेतृत्व चयन भए पछि काम कारबाही तिब्रताका साथ बढ्न सुरू गरेको छ। गत हप्ता नयाँ नेतृत्व चयन भए पछि समितिका बैठकहरू धमाधम बस्न सुरू गरेका छन्।

संघीय संसद सचिवालयका अनुसार मंगलवार मात्रै पाँचवटा समितिको बैठक बस्दैछ। जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिसहित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ।

- Advertisement -
Ad image

साथै, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समिति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि सोमवार बस्दैछन्।

बैठक सिंहदरबारस्थित संसद सचिवालय भवन, सिंहदरबारमा बस्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्