नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

प्रधानन्यायाधीशको नाम सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ५ बजे बस्न लागेको हो ।

यसअघि मंगलबार बसेको संवैधानिक परिषद्को बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको थियो । साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ ।

- Advertisement -
Ad imageAd image

उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्