सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने तामाङ समातिए, पक्राउ पर्नेको संख्या १७ पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०८०, बुधबार
1 Min Read
Aa

एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरेश भनेर चिनिने सुरेन्द्र तामाङ रहेका छन् । विभागका एक अधिकारीका अनुसार, तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेका थिए ।

उनलाई पक्राउ गरेर विभागले माथिल्लो नेक्ससबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्