सेयर बजार १९ सय तल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार १९ सयको विन्दुभन्दा तल झरेको छ । पछिल्लो मूल्य अनुसार योजनाको प्रति इकाई मूल्य ९.३४ रुपैयाँ छ। योजनाको पछिल्लो प्रति इकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९.१८ रुपैयाँ रहेको छ । कुल ७ वटा योजनाको मूल्य बढेको छ । यसमध्ये सनराइज ब्लू चिप फण्डमा मात्रै सकारात्मक सर्किट लागेको हो ।
यस बाहेक आदर्श लघुवित्तको सेयर मूल्यमा पनि पोजिटिभ सर्किट लाग्यो । लघुवित्तलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने योजनामा छ। त्यसैगरी होटल तथा पर्यटनका सेयरमा पनि आकर्षण कायम छ। कालिन्चोक दर्शनमा पोजिटिभ सर्किट लाग्दा तारागाँउ रिजेन्सी होटलको सेयर ७ प्रतिशत उक्लिएको छ।
आइतबार बजार १८.८० अंकले घटेर पुन १९ सय तल झरेको छ। सूचक १८८५.६० विन्दुमा सिमित हुन पुगेको हो । कारोबार पनि खुम्चिएर ८२ करोड ८५ लाख रुपैयाँमा झरेको हो।

प्रतिक्रिया दिनुहोस्

Array