खस्किएको अर्थतन्त्र सुधार्छु: नवनियुक्त अर्थमन्त्री महत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नव नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यभार सम्हालेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले देशको अर्थतन्त्र संकटमा रहेको बताएका छन् । उनले अर्थमन्त्रीको हैसियतले अर्थतन्त्रमा देखिएको संकट परास्त गर्न भरपुर कोशिस गर्ने बताएका छन् । उनले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् ।

उनले अर्थतन्त्रलाई थप मन्दीमा जान नदिन आफू सक्दो पहल गर्ने बताए । ‘हाम्रो अर्थतन्त्रमा यतिबेला मन्दी लागेको छ । राजस्वको परिवेश, आपूर्तिको परिवेश सन्तोषजनक छैन । अहिले राजस्वभन्दा धेरै खर्च छ । पूँजीगत खर्च गर्न सकेका छैनौं । समग्र परिस्थितिको सामना गर्दै खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यत्न रहन्छ,’ उनले भने ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोँच लिएर अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने बताएका छन् । उनले वित्तीय क्षेत्रमा पनि विभिन्न समस्या रहेको भन्दै राष्ट्र बैंकसँग को–अपरेटिभ रूपमा काम गर्ने र वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने बताए ।

उनले बजेटले पूर्णता नपाएसम्म कुनै बधाइ तथा शुभकामना नलिने प्रतिबद्धता जनाए । ‘बजेट नआएसम्म म कुनै बधाई तथा शुभकामना ग्रहण गर्दिनँ । पहिले अर्थतन्त्रलाई कसरी सकारात्मक दिशामा डोर्‍याउने, कस्तो बजेट ल्याउने विषयको टुंगो लगाएर मात्रै बधाई तथा शुभकामना ग्रहण गर्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array