काठमाडौं – सेयर बजारमा बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि सुस्त बन्दै गएको छ । लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम १ अर्ब भन्दा तल झरेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले गिरावट हुँदा १९०८.५५ अंकमा बन्द भएको छ ।
होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचमा गिरावट भएका छन् । होटल तथा पर्यटन उपसूचक ०.५० प्रतिशतले बढेको छ ।
२६ हजार ४३४ वटा कारोबारमा २७ लाख ५० हजार ६५५ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ५ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३ करोड १२ लाख र जीवन विकास लघुवित्तको २ करोड १४ लाखको कारोबार भएको छ ।
आदर्श लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशत गिरावट हुँदा जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयरमूल्य ३.७१ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस्