काठमाडौँ–मधेश प्रदेश सरकारले मिटरब्याज समस्या विरुद्ध संयुक्त रुपमा लड्न आह्वान गरेको छ। पीडितको आन्दोलनमा आफ्नो समर्थन जनाउँदै संयुक्त रुपमा लड्न पिडितसँग आग्रह गरेको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका छन्।
यादवद्धारा जारी विज्ञप्तीमा ‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजनाविद्, विज्ञहरुलाई आह्वान गर्द्छु,’ उल्लेख गरेका छ।
मुख्यमन्त्री यादवले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपिलसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्