अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – अमेरिकाको टेनेसीमा एक निजी विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

न्यासभिलस्थित क्रिश्चियन विद्यालय कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्ध गोली चलाएकी थिइन् । उनी प्रहरीको गोली लागेर मारिएकी छन् ।

- Advertisement -
Ad imageAd image
गोली लागेर विद्यालयका विद्यार्थी र शिक्षिकाहरूसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरू ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् ।

कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थीहरू छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरू पढ्छन् ।

प्रहरीका अनुसार २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् । तर उनले स्कुलका अवोध बालबालिकाहरूलाई निशाना बनाउनुको कारण भने खुलेको छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्