कर्मचारीको प्रतिभा प्रस्फुटन गराउन प्रतिभा डबली सञ्चालन गरिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

- Advertisement -
Ad imageAd image
मन्त्रालयका अनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माण लगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर कर्मचारीलाई प्रदान गर्न उक्त कार्यक्रम गर्न लागिएको हो ।

उक्त कार्यक्रममा सहभागी हुन चाहने सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीले मन्त्रालयको वेबसाइटमा गएर चैत अन्तिमसम्ममा अनलाइनमार्फत प्रस्ताव पेस गर्न सक्ने छन् ।

प्रतियोगीले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा अडियो र भिडियो कपी अपलोड गर्नुपर्ने छ । तर अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न पाइने छैन । सो कार्यक्रम आइडिया स्टुडियोले गर्ने भएको छ ।

प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कर्मचारीलाई सम्मान र पुरस्कारसमेत प्रदान गरिने छ ।

नवीन सोच र इनोभेटिभ आइडिया पेस गरी शीर्ष १० मा पर्ने कर्मचारीले प्रत्यक्ष प्रस्तुतीकरणसमेत गर्नुपर्ने छ । सो प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्