काठ हिनामिना गरेको आरोपमा सामुदायिक वनका अध्यक्षसहित आठ जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ ।

- Advertisement -
Ad image

आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ । ‘काठ, दाउरा बेचेको हिसाब पनि छैन । खातामा समेत पैसा देखिँदैन’, अधिकृत खड्काले भने । साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्