उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार शनिबार (भोलि) बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

भोलि नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

- Advertisement -
Ad imageAd image
२८ गते उजुरीउपर जाँचबुझ गरी निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ ।

चैत ३ गते मतदान हुनेछ । आयोगका अनुसार मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्