काठमाडौँ – नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ९० पैसा र बिक्री दर १५७ रूपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्