गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुन लागेको ‘विश्व प्रहरी शिखर सम्मेलन’ सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।

सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले सहभागी मुलुकका समकक्षीसँग द्विपक्षीय छलफलका साथै सुरक्षाका क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानका सम्बन्धमा कुराकानी गर्ने उनको सचिवालयले जनाएको छ ।

- Advertisement -
Ad image

सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय छलफल, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी, विश्व प्रहरी पुरस्कार प्रदानलगायत गतिविधि हुनेछन् ।

सम्मेलनमा रक्षा तथा संकट प्रतिकार्य, कृत्रिम बौद्धिकतामा आधारित प्रहरी सेवा, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण, अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली, भूउपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षालगायतका १४ विषयगत क्षेत्रमा छलफल हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्